पोखरा । रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गरिदिन आदेश भएको छ । उनलाई ६५ लाख धरौटी राखेर रिहा गरिदिन कास्की जिल्ला अदालतले आदेश दिएको हो । कास्की जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो । न्यायाधीश नीतिज राईको इजलासले यस्तो आदेश दिएको हो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ गते काठमाडौंस्थित रास्वपाको कार्यालयबाट पक्राउ परेका लामिछाने अहिलेसम्म कास्की प्रहरीको हिरासतमा थिए ।
उनलाई सम्पत्ति शुद्धीकरण, संगठित अपराध र सहकारी ठगी प्रकरणमा अभियुक्त बनाउँदै मुद्दा दायर भएको थियो ।
यस्तै, छविलाल जोशीलाई ८८ लाख, लिला पछाईंलाई ३७ लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरुङ र मीना गुरुङ पाँच–पाँच लाख र कृष्ण गुरुङलाई एक लाख धरौटीमा रिहा गर्न आदेश भएको छ ।
प्रतिक्रिया