काठमाडौं । सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ परेकाहरूको थुनछेक बहस सकिन लाग्दा जिल्ला अदालत कास्की आसपास सुरक्षा व्यवस्था कडा गरिएको छ ।
कोमाकाने पार्कदेखि राष्ट्र बैंक चोकसम्म सवारीसाधन प्रवेश रोकिएको छ भने पैदल यात्रुलाई पनि सो क्षेत्रमा निषेध गरिएको छ ।
निषेधित क्षेत्रमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहितका मन्त्रालयहरू, प्रदेश प्रहरी, प्रशासन प्रदेश प्रमुख, अदालतल, जिल्ला समन्वय समितिलगायत सरकारी कार्यालय छन् । यी कार्यालयमा सेवा लिन जाने नागरिकले पनि अनिवार्य कागजात देखाउनुपर्ने र निषेधित क्षेत्रमा रोकिएर बस्न र २/४ जना जम्मा हुन दिइएको छैन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित प्रतिवादीको बहस सकिन लाग्दा सुरक्षा व्यवस्था कडा पारिएको हो ।
रविको बहस चलिरहँदा सोमबार रास्वपाका नेता कार्यकर्ता र वकिललाई जान दिइएको तर पीडितपक्षलाई जान खोज्नेलाई रोकिएको भन्दै सूयदर्शन सहकारीपीडित अदालतअगाडि बाटोमै लम्पसार परेर विरोध गरेका थिए ।
प्रतिक्रिया