देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकार विकासमा निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्न चाहन्छ: प्रधानमन्त्री

देशान्तर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार भौतिक पूर्वाधार विकासमा निजी क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्ने बताएका छन् । उनले समृद्धिको प्रमुख आधार भौतिक पूर्वाधार विकास भएको बताउँदै, यसको विकासमा सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्न चाहेको बताए ।
नेपाल निर्माण व्यवसायी महासंघको १९ औँ साधारणसभाको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले लगानीमैत्री वातावरण सरकारले तयार गरिदिने जानकारी निर्माण व्यवसायीलाई गराए ।

उनले सार्वजानिक खरिद ऐन तथा नियमावलीलाई समसामयिक सुधार गरिने बताउँदै समयभित्र विकास निर्माणका गुणस्तरीय काम सम्पन्न गर्न आग्रह गरे । प्रधानमन्त्री देउवाले विकास खर्च सन्तोषजनक नभएको भन्दै, निर्माण सम्पन्न भएका कामको समेत गुणस्तरीयतामा प्रश्न उठ्ने गरेको बताए । उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु चाहेको पनि बताए ।

निर्माण व्यवसायीका समेत व्यावसायिक दक्षता र क्षमता अभिवृद्धि गर्न जरुरी रहेको छ उनले बताए । देउवाले गैरआवासीय संघका अध्यक्ष शेष घले, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउद र अन्तरराष्ट्रिय निर्माण व्यवसायी महासंघका अध्यक्ष दातु माथ्यु टिलाई सम्मान गरेका थिए ।