देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्वाचन क्षेत्र निर्धारण उपयुक्त भएन: नेता नेपाल

देशान्तर

भरतपुर । नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचन क्षेत्र निर्धारण आयोगले गरेको क्षेत्र निर्धारण उपयुक्त नभएको बताएका छन् ।प्रेस चौतारी नेपाल चितवन शाखाले शुक्रबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राजनीतिक प्रभावमा परेर आयोगले काम गरेको आरोप लगाए ।

नेता नेपालले जनसंख्या, भूगोल, सुविधा, मतदाता, सामथ्र्य, पहुँच, जातीय विविधिकरणलगायतका विषयमा ध्यान दिनुपर्नेमा धेरै ठाउँमा त्यस्तो हुननसकेको बताए । धेरै कुरा नमिलेको भन्दै उनले राजनीतिक प्रभावबाट मुक्त भएर क्षेत्र निर्धारण गर्नुपर्नेमा त्यस्तो नभएको बताए । पूर्व प्रधानमन्त्री समेत रहेकाका नेता नेपालले नेकपा एमालेले शान्तिपूर्णरुपमा आयोजना गरेका कार्यक्रममा प्रतिरोध गर्नु राजनीतिक संस्कारको अभाव भएको बताए ।

लोकतन्त्रमा शान्तिपूर्ण राजनीतिक कार्यक्रमको विरोध गर्नु भनेको लज्जास्पद् विषय भएको बताए । मधेशमा एमाले पहिलो पार्टी बन्ने दाबी गर्दै नेपालले पहिलो र दोस्रो चरणको निर्वाचनमा एमाले पहिलो बन्यो, तेस्रो चरणको निर्वाचनमा पनि पहिलो पार्टी बन्ने बताए । तेस्रो चरणको निर्वाचनमा अन्य दलसँग तालमेल हुनसक्ने भन्दै नेता नेपालले स्थानीय आवश्यकताअनुसार तालमेलका विषयमा छलफल भइरहेको बताए ।

मधेसी जनताको हितमा रहेकाले नै संविधान संशोधन विधेयक पारित नभएको भन्दै उनले नेता उपेन्द्र यादवले पनि संविधान संशोधनको औचित्य नभएको बताएको स्मरण गराए । शान्ति प्रक्रियामा सघाउन हालै आफूले उत्तर कोरियाको भ्रमण गरेको बताउदै नेता नेपालले नेपालको कुटनीतिक सम्बन्ध रहेको त्यस मुलुकमा शान्ति कायम होस् भन्ने हाम्रो चाहना रहेको बताए । उनले राम्रो वातावरण सिर्जना गर्नका लागि भएको आफ्नो भ्रमणलाई आलोचना गर्नुको अर्थ नरहेको बताए ।