काठमाडौं । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका दुई सदस्य बर्खास्त भएका छन् । उच्च अदालत पाटनले समितिका सदस्य भेषराज आचार्य र शशिकुमार शर्माको योग्यता नपुगेको फैसला सुनाएको संगै उनिहरु बर्खास्त भएका हुन् ।
उच्च अदालतका न्यायाधीश सुदर्शनदेव पाण्डे र टीकाराम आचार्यको संयुक्त सदस्य हुन अयोग्य रहेको फैसला गरेको हो । २०७७ सालमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका पालमा उनीहरु विकास समिति सदस्यमा नियुक्त भएका थिए ।
प्रतिक्रिया