काठमाडौं । सरकारी स्वामित्वमा व्यावसायिक उद्देश्यले स्थापित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले उपभोक्ताहरुलाई सुपथ तथा सहज रुपमा दैनिक उपभोग्य वस्तु, ग्यासको कारोवार गर्दै आएको छ । सार्वजनिक निजी साझेदारीको रुपमा स्थापित यस कम्पनी जस्ता संस्थाहरुको अपरिहार्यता र भूमिका अझ बढी रहेको छ ।
उपभोक्ताहरुको हितमा समर्पित रहेको यस कम्पनी मूल्य नियन्त्रण र आपूर्तिको क्षेत्रमा महत्वपूर्ण सहयोग पु¥याउँदै आएको छ । यस कम्पनीले भारत तथा चीनबाट विभिन्न खाद्य पदार्थ आयात गरि उपभोक्ताहरुलाई दैनिक उपभोग्य वस्तु सुपथ मूल्यमा सहज रुपमा उपलब्ध गराउँदै आएको छ । यति मात्र होइन, यस कम्पनीले विकट जिल्लाहरुमा पनि दैनिक उपभोग्य वस्तु पु¥याउन सफल भएको छ । यस कम्पनीले नेपालमा नुन, चिनी तथा विभिन्न बीउ बिजन र मल वितरण गर्दै आएको छ । आफ्ना सेवा कार्यलाई थप प्रभावकारी बनाउँदै अगाडि बढेको छ ।
निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न र आम उपभोक्ताहरुलाई सहुलियत दरमा ग्यास उपलब्ध गराउन खाना पकाउने एलपी ग्यास बजारमा ल्याएको छ । सार्क क्षेत्रमा नै सस्तो र गुणस्तरीय आयोडिनयुक्त नुन वितरणमा यो कम्पनी अगाडि रहेको छ । यस कम्पनीले देशका किसानहरुका लागि सहुलियत दरमा मल वितरण गर्दै आएको छ । मुलुकको विभिन्न भागमा साल्ट ट्रेडिङको ५२ वटा शाखा रहेको छ । साल्ट ट्रेडिङले व्यवसाय विविधिकरणसँगै लगानी पनि थप गर्दै आएको छ । आफ्नो सेवा र कारोवार निरन्तर बढाउँदै लगेको छ । यस कम्पनी आम उपभोक्ताहरुलाई पूर्ण सन्तुष्टि प्रदान गरेर अगाडि बढेको छ ।
उपभोक्ताहरुको माग र हितलाई ध्यानमा राखेर स्वदेशमा नै उत्पादित बिद्युत प्रयोग गर्न प्रोत्साहन गर्ने उद्देश्यले साल्ट ट्रेडिङले इन्डक्सन चुल्हो र त्यसमा प्रयोग गर्न हुने भाँडाकुँडा सेट बिक्री शुरु गरेको छ । साल्ट ट्रेडिङले बाल्ट्रा कम्पनीको २ हजार वाटको इन्डक्सन चुल्हो, ५ लिटरको प्रेसर कुकर, कराई, ननस्टिक प्यान, फ्राइड प्यान, चियादानी बिक्री गर्न शुरु गरेको हो । इन्डक्सन चुल्होसहित भाँडावर्तनहरुको मूल्य ९ हजार ५०० सय रहेको छ भने दुई बर्ष वारेन्टी समेत छ । काठमाडौंका १० वटै बिक्री कक्ष तथा देशका विभिन्न स्थानमा रहेका प्रादेशिक कार्यालयहरुबाट यी वस्तुहरुको बिक्री वितरण भईरहेको साल्ट ट्रेडिङले जनाएको छ ।
खाना पकाउन एलपी ग्यास विदेशबाट आयात हुने र महंगो समेत पर्ने भएकाले स्वदेशमा नै उत्पादित बिद्युत प्रयोग गर्न प्रोत्साहन गर्ने उद्देश्यले इन्डक्सन चुल्हो र त्यसमा प्रयोग हुने भाँडावर्तन बिक्री गर्न शुरु गरिएको कम्पनीले जनाएको छ । बिद्युतमा खाना पकाउँदा धुँवा नहुने, कम झण्झटिलो र ग्याँसको तुलनामा ४० प्रतिशत सस्तो पर्ने भएको र स्वदेशी बिद्युत उत्पादनलाई समेत प्रोत्साहित गर्न साल्ट ट्रेडिङले इन्डक्सन चुल्हो र त्यसमा प्रयोग हुने भाँडाकुँडा बिक्री शुरु गरेको स्पष्ट पारेको छ । इन्डक्सन चुल्होको प्रयोग गर्दा कार्बन उत्सर्जन नहुने भएकाले यो वातावरणमैत्री हुनुका साथै किफायती समेत रहेको छ ।
प्रतिक्रिया