काठमाडौं । नेपाल टेलिकमले ५० रुपैयाँको टक भ्यालू र टेलिकमको नेटर्वकभित्र थप ५० मिनेट बराबरको निःशुल्क कल बाढी प्रभावित २३ जिल्लामा जिएसएम प्रिपेड सिमकार्ड नेपाल टेलिकमले निःशुल्क वितरण गरिरहेको छ ।
टेलिकमले बाढी प्रभावित क्षेत्रका ग्राहकलाई उनिहरुले प्रयोग गरिरहेको सिम नष्ट भएमा वा हराएमा , निवेदन पेश गर्दा त्यसको सट्टा अर्को सिम कार्ड पनि निःशुल्क उपलब्ध गराउने टेलिकमले जनाएको छ ।
बाढी प्रभावित झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, वाँके, वर्दिया, कैलाली र कञ्चनपुरमा टेलिकमले निःशुल्क सिम वितरण गरिरहेको हो ।
भदौ १२ गतेदेखि सुरु भएको यो सेवा भदौ २६ गतेसम्म रहने टेलिकमले जनाएको छ ।
प्रतिक्रिया