देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्थानीय तहमा ४० प्रतिशत महिला प्रतिनिधी

देशान्तर

विभिन्न दलका महिला नेतृहरुले संघर्षबाट प्राप्त उपलब्धि संस्थागत गर्न राज्यका संरचनाहरुमा महिलाको अर्थपूर्ण सहभागीता जरुरी भएको बताएका छन् ।

जागरण नेपाललले आज आयोजना गरेको कार्यक्रममा विभिन्न जिल्लाका महिला प्रतिनिधिहरुले स्थानीय तहको पहिलो र दोश्रो चरणको निर्वाचनमा महिलाको सहभागीता ४० प्रतिशत भएपनि उपप्रमुख पदमा मात्र सीमित भएको बताएका छन ।

प्रमुख र अध्यक्ष पदमा भने पुरुषकै वर्चस्व कायम रहेकाले सुधार गरिनुपर्ने उनीहरुको भनाइ छ । प्रदेश र केन्द्रको निर्वाचनमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चतताका लागि उनीहरुले माग गरेका छन । कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले महिलालाई शिक्षित र उद्यमी बनाउन आफ्नो ध्यान केन्द्रित हुने बताईन । सबै महिलालाई सक्षम बनाउन काम गर्ने उनको भनाइ थियो ।