देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दोहा वार्ता ‘सकारात्मक’ : हमास

देशान्तर

काठमाडौं । इजरायली प्रतिनिधिमण्डलले मध्यस्थकर्तासँग भेटघाट गर्न गएको एक दिनपछि हमासले युद्धविराम र गाजामा बन्धक बन्दी आदानप्रदान गर्ने उद्देश्यले कतारमा भएको वार्ता ‘गम्भीर र सकारात्मक’ भएको जनाएको छ ।

प्यालेस्टिनी लडाकू समूहले मङ्गलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कतार र इजिप्टको मध्यस्थतामा दोहामा भएको वार्ता गम्भीर र सकारात्मक भएको र छलफलले युद्धविराम र कैदी आदानप्रदानका लागि सहमतिमा पुग्न सम्भव छ भन्नेमा हमास विश्वस्त छ ।” दुई पक्षबीचको खाडल कम गर्ने उद्देश्यले वार्ताका लागि इजरायली अधिकारीहरू सोमबार दोहा आइपुगेको वार्ताबारे जानकार स्रोतले एएफपीलाई जानकारी दिएको छ । गत बुधबार मोसादका गुप्तचर प्रमुख डेभिड बर्नियाले कतारको राजधानी दोहाको भ्रमण गरेपछि उक्त भेटवार्ता भएको जनाइएको छ । संयुक्त राज्य अमेरिका र इजिप्टसँगै कतारले इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धक रिहाइका लागि महिनौँदेखि मध्यस्थता गर्दै आएको छ ।
तर गत वर्षको अन्त्यमा इजरायली जेलमा रहेका प्यालस्टिनीहरूको बदलामा सयौं बन्धकहरूलाई रिहा गरिएको एक हप्ताको युद्धविरामबाहेक लगातार भएका वार्ताहरू युद्ध रोक्न असफल भएका थिए ।

सोमबार इजरायली रक्षामन्त्री इजराइल काट्जले आफ्नो देशका वार्ताकारहरू सन् २०२३ को नोभेम्बरमा भएको युद्धविरामपछि सम्झौताको नजिक नपुगेको बताएका छन् । दोहास्थित हमासका एक वरिष्ठ अधिकारीले सम्झौताका लागि ‘पहिलेभन्दा निकै नजिक’ भएको तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अझै पनि ‘पहिलेजस्तै सम्झौतालाई बिथोल्न सक्ने’ बताए ।