देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

घर-जग्गाबाट मंसिरमा करिब चार अर्ब राजस्व

देशान्तर

काठमाडौं । अघिल्लो महिनाको तुलनामा गत मंसिरमा घर–जग्गाको कारोबारबाट संकलन हुने राजस्वमा वृद्धि भएको छ ।

गत कात्तिकमा घर जग्गाको कारोबारबाट दुई अर्ब ७० करोड ४० लाख ४६ हजार ६ सय ४५ रुपैयाँ बराबरको राजस्व संकलन भएकामा मंसिरमा तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ बराबर संकलन भएको हो ।

मंसिरमा देशभर ४३ हजार तीन सय ७९ संख्यामा घरजग्गा कारोबार भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । यस्तै, गत कात्तिकमा देशभर ३३ हजार पाँच सय १४ संख्यामा घरजग्गा कारोबार भएको थियो । विभागका अनुसार मालपोत कार्यालय लगनखेलले ३३ करोड ९५ लाख दुई हजार आठ सय ७३ बराबरको राजश्व संकलन गरेको छ ।

काठमाडौं उपत्यकामा नौवटा मालपोत कार्यालय छन् । तीमध्ये मालपोत कार्यालय कलंकीले २६ करोड ५७ लाख २५ हजार चार सय २५ रुपैयाँ, मालपोत कार्यालय चाबहिलले २२ करोड ५८ लाख २३ हजार आठ सय १५ रुपैयाँ, साँखुले सात करोड ५० लाख २२ हजार छ सय २९ रुपैयाँ, मनमैजुले सात करोड २६ लाख ३४ हजार दुई सय ३३ रुपैयाँ, टोखाले सात करोड १२ लाख ४५ हजार सात सय ६५ रुपैयाँबराबरको राजस्व संकलन गरेको छ ।

यस्तै, मालपोत कार्यालय विराटनगरले १० करोड ४९ लाख १० हजार तीन सय ९१ रुपैयाँ, मालपोत कार्यालय चितवनले ३५ करोड ९८ लाख ३१ हजार एक सय ८४ रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ ।

विभागमा अनुसार मंसिरमा सेवा कर २६ करोड छ लाख २५ हजार छ सय ९० रुपैयाँ, रजिष्टे«सन दस्तुर दुई अर्ब ६३ करोड ७८ लाख १२ हजार तीन सय ४० रुपैयाँबराबर संकलन गरेको छ ।

त्यस्तै, एक अर्ब ३१ कोड ६३ लाख ४३ हजार सात सय १४ रुपैयाँबराबरको पुँजीगत लाभकर संकलन गरेको छ ।