काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपितहरु बेचन झा र प्रतीक थापालाई थुनामै राख्न आदेश दिएको छ ।
बेचन र प्रतिकलगायत नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकाहरुविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको अपराध अनि संगठित अपराधको आरोप छ ।
आफूलाई काठमाडौं जिल्ला अदालतले गैरकानुनी रुपमा थुनामा पठाएको भन्दै बेचनले उच्च अदालतमा निवेदन दिएका थिए ।
सो निवेदनमाथि सुनुवाई गर्दै उच्च अदालत पाटनका न्यायाधीशद्वय अञ्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले बेचन र प्रतिकलाई थुनामै राख्ने सुरु जिल्ला अदालतको आदेश सदर गरेको हो ।
प्रतिक्रिया