काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् ।
स्वास्थ्य परीक्षण गराउँदा चिकित्सकहरुले भर्ना गर्नुपर्ने बताएपछि बिहिबार साँझदेखि जोशीलाई अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
जोशीलाई गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ । जोशी असोज ६ गते काठमाडौंबाट पक्राउ परेका थिए । जोशीमाथि प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया