देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गोरख राणा बने स्ट्याण्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सिईओ

देशान्तर


काठमाडौं– स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पहिलो पटक नेपाली नागरिक नियुक्त भएका छन् ।

मंसिर २४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले यस अगाडि नायब प्रमुख कार्यकारी अधिकृत रहेका गोरख शम्शेर जबरालाई सिईओ नियुक्त गरेको हो । राणा स्ट्याण्डर्ड चार्टर्ड बैंकको सिईओ बन्ने पहिलो नेपाली हुन् । सन् १९६९ मा बेलायतमा स्थापना भएको यस बैंकको सिईओमा अहिलेसम्म कुनै नेपाली नागरिकले अवसर पाएका थिएनन् ।

नवनियुक्ति सिईओको राणाको कार्यकाल जनावरी १, २०२५ (पुस १७ गते) देखि सुरु हुनेछ। उनी ४ वर्षका लागि सो पदमा नियुक्त भएका हुन्।

अनिर्वन घोष दस्तिदारको कार्यकाल सकिएसँगै राणा सिईओ बनेका हुन् । ३० वर्षको बैंकिङ अनुभव संगालेका राणासँग स्टान्डर्डमा हुँदा कर्पोरेट एन्ड इन्भेस्टमेन्ट, रिटेल बैंकिङ बिजनेस विभागमा रहेर काम गरेको अनुभव छ ।

उनले अमेरिकाको इलिनोइस विश्वविद्यालयबाट एमबीए अध्ययन गरेका छन् । राणा स्वर्गीय राजा वीरेन्द्र वीर बिक्रम शाहका ज्वाइँ अर्थात् बीरेन्द्रकी छोरी श्रुति शाहका श्रीमान् हुन्। २०५८ जेठ १९ भएको नारायणहिटी दरबार हत्याकाण्डमा श्रुतिको हत्या भएको थियो ।