काठमाडौं । नेपाली काँग्रेसले गण्डकी प्रदेशसभामा रिक्त सदस्यमा सुनिता थापालाई पठाउने भएको छ ।
सभापति शेरबहादुर देउवाको निवास, बुढानीलकण्ठमा आज बसेको कार्यसम्पादन समितिको बैठकले समानुपातिकको बन्दसूचीमा रहेकी थापालाई सांसद बनाउने निर्णय गरेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बताए । गण्डकीमा समानुपातिक पदको पूर्ति गर्न स्याङ्जाकी थापालाई प्रस्ताव पठाउने बिषयलाई बैठकले अनुमोदन गरेको प्रवक्ता डा. महतले जानकारी दिए ।
काँग्रेस सांसद बिमला गौचनको निधन भएका कारण काँग्रेसले निर्वाचनको समयमा समानुपातिकको बन्दसूची अनुसार आदिवासी/जनजाति क्लस्टरको पाँचौं नम्बरमा रहेकी थापालाई सांसद बनाएको हो ।
प्रतिक्रिया