देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एक्लै चुनाव लड्ने निर्णय जनताबाट अनुमोदन : माओवादी केन्द्र

देशान्तर

काठमाडौं । नेकपा माओवादी केन्द्रले कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको छ । बिहीबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा बसेको पदाधिकारी बैठकले सो निष्कर्ष निकालेको हो ।

बैठकपछि बोल्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले उपचुनावको समीक्षा गर्दै सबैतिर माओवादीको राम्रो जनमत आएको बताए । उनले २०६४ पछि पार्टी पहिलो पटक एकताबद्ध भएर चुनावमा गएको बताए ।

उपचुनावको समीक्षा गर्दै अब २०८४ को चुनावका लागि माओवादीले सबै तयारी थाल्ने सापकोटाले बताए । उनले अब पार्टी पालिका अधिवेशन र खबरदारी सभामा नेतृत्व केन्द्रित रहने जानकारी दिए ।