काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन प्रस्थान गरेकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ देखि हुने चीन भ्रमणको तयारीका लागि उनी आज त्यसतर्फ गएकी हुन् । उनको बिदाईका लागि परराष्ट्र मन्त्रालयका अधिकारी त्रिभुवन विमानस्थल पुगेका थिए । विमानस्थलमा उनले बीआरआईसम्बन्धी अनुदान सम्झौता हुने बताइन् ।
प्रतिक्रिया