देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कालीमाटीस्थित सडकमा मृत भेटिएकी महिलाको कलेजो रोगबाट मृत्यु भएको पोष्टमार्टम रिपोर्ट

देशान्तर

काठमाडौं । कालीमाटीस्थित सडकमा मृत भेटिएकी महिलाको हत्या नभई कलेजो रोगबाट मृत्यु भएको पोष्टमार्टम रिपोर्टमा उल्लेख छ ।
उदयपुर घर भएकी ४५ वर्षीया जानुका सुर्खेती मृत फेला परेपछि प्रहरीले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको थियो ।
कज अफ डेथमा लिभर डिजिज उल्लेख गरिएको छ । सडकमा मृत फेला परेकी ती महिलाको शव बोकेर एक युवकले सडक पार गरेका थिए । महिलाको शव बोकेर फालेको आरोपमा पक्राउ बझाङको बित्थडचिर गाउँपालिका–९ घर भएका २२ वर्षीय कविन्द्र मल्ललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।