काठमाडौं । राष्ट्रिय कर दिवसमा आठौं पटक सबैभन्दा धेरै कर तिर्ने बैंकका रूपमा सम्मानित २०४१ सालमा स्थापित नबिल बैंकले ४० वर्षका अवधीमा २५ अर्ब ३५ करोड ९१ लाख ८१ हजार रुपैयाँ बराबर आयकर तिरेको छ । नबिल २०६७/६८ मा बैंकतर्फ सबैभन्दा धेरै कर तिर्ने करदाताका रूपमा पहिलो पटक सम्मानित भएको थियो । त्यसपछि २०७०/७१, २०७१/७२, २०७३/७४, २०७५/७६, २०७६/७७, २०७७/७८ र २०७९/ ८० मा उत्कृष्ट करदाता बनको थियो ।
१३ वर्षमा ८ पटक नबिल आफ्नो क्षेत्रमा उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको नबिल बैंक तथा वित्तीय संस्थामध्ये अहिलेम्म धेरै कर तिर्ने बैंक पनि हो । नबिल आक्रामक व्यवसाय विस्तार, डिजिटाइजेनसमा अब्बल र लगानीकर्तालाई उच्चतम प्रतिफल दिने संयुक्त लगानीमा स्थापित निजी क्षेत्रको पहिलो बैंक हो । नबिल स्थापना हुँदा तीनवटा सरकारी बैंकमात्र थिए । सुरुमा नबिल अरब बैंकका नाममा स्थापना भएको थियो ।
नबिल कर तिर्नेमा मात्र नभई लगानीकर्तालाई प्रतिफल दिनेमा समेत सधैं अग्रणी रहँदै आएको छ । चुक्ता पूँजी २७ अर्बभन्दा बढी रहेको नबिलले युनाइटेड फाइनान्स र एनबी बैंकलाई प्राप्ति गरेको थियो । नबिलमा लगानी गर्नेले राम्रो प्रतिफल पाएका छन् । बैंकले सेयरधनीलाई शतप्रतिशतसम्म लाभांश बाँडेको छ ।
प्रतिक्रिया