देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको विषयमा संसदीय समितिमा उजुरी

देशान्तर

काठमाडौं । गत साउन ९ गते सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको विषयलाई लिएर न्याय र छानबिनको माग राख्दै संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा उजुरी परेको छ ।
दुर्घटनामा छोरी प्रिजा खतिवडा, ज्वाइँ मनुराज शर्मा र नाति अधिराजलाई गुमाएका सप्तरी घर भई हाल बालकोट भक्तपुर बस्दै आएका प्रकाश खतिवडाले उजुरी दिएका हुन् ।

सौर्य जहाज दुर्घटनाको मुख्य कारण एयरलाईन्स व्यवस्थापन पक्षको जानाजान लापरवाही, प्राविधिक त्रुटि र मानवीय कमजोरी भएको उनले दाबी गरेका छन् । १२ वर्षदेखि ऊर्जा मन्त्रालयमा कार्यरत् छोरी प्रिजालाई फर्जी कागजात बनाएर सौर्यको व्यवस्थापनले एयरलाइन्सको कर्मचारीको नक्कली कर्मचारी बनाएको उनको भनाइ छ ।
छानबिन गर्न गठित आयोगमा नातेदार र योग्यता नपुगेका व्यक्ति राखिएको भन्दै उनले समितिमाथि पनि प्रश्न उठाएका छन् ।