देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महसुल बक्यौता नबुझाउने उद्योगको लाइन तत्काल नकाटिने

देशान्तर

काठमाडौं । ट्रङ्क तथा डेडिकेटेड बापतको महसुल बक्यौता उठाउने यसअघि नेपाल विद्युत प्राधिकरणले दिएको १५ दिनको म्याद आज सकिँदै छ । प्राधिकरणले दिएको १५ दिनको म्याद सकिए पनि महसुल नबुझाउने उद्योगको लाइन तत्काल नकाटिने भएको छ ।

१५ दिनको म्यादभित्र सम्पूर्ण महसुल बक्यौता उठाउन मन्त्रिपरिषद्ले नै निर्णय गरेपछि प्राधिकरणले त्यसअनुसार उद्योगमा महसुलबापतको बिल पठाएको थियो । तर, उद्योगीहरूले महसुल बक्यौता अझैसम्म पनि नतिरेको प्राधिकरणको दाबी छ ।

बोर्ड बैठक बसेर निर्णय नगरुन्जेल उद्योगमा लाइन नकाटिने प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए । महसुल बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने वा नकाट्ने भन्ने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको प्राधिकरणले जनाएको छ ।

यसअघि मन्त्रिपरिषद्ले १५ दिनभित्र ‘टाइम अफ द डे’ (टीओडी) मिटरका आधारमा महसुल बक्यौता उठाउने निर्णय गरेको थियो । प्रवक्ता घोषका अनुसार, आज साँझसम्म बोर्ड बैठक बस्ने तयारी छ ।