काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकका काममा ४८ घण्टाभन्दा बढी फाइल नरोक्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
मन्त्रालयको प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् । उनले पुँजीगत खर्च कम भएको भन्दै यसलाई बढाउन पनि कर्मचारीहरूसँग आग्रह गरे । यस्तै, १० दिनभित्र पुँजीगत खर्च बढाउने योजनासहित आउन पनि उनले कर्मचारीलाई निर्देशन दिएका छन् । पुँजीगत खर्च तथा सुधार योजना ल्याउनुपर्ने उनको जोड छ ।
हाल थपिएका निःशुल्क उपचारका सेवाहरू लोकप्रिय हुन नगरी राज्यलाई कम भार पर्ने र स्रोत सुनिश्चित भएका निर्णयहरू गरिएको मन्त्री पौडेलले प्रस्ट पारे ।
प्रतिक्रिया