काठमाडौँ । नेकपा एमालेले काठमाडौँ महानगरपालिकाकाले १ लाख जरिवाना गरेको पत्र बुझ्न अस्वीकार गरेको छ । पार्टी कार्यालय च्यासलमा आइतबार महानगरपालिकाको टोली पत्र लिएर गएपनि एमालेले बुझ्न अस्वीकार गरेको हो । त्यसपछि महानगरपालिकाको टोली त्यसै फर्किएको छ ।
एमाले पार्टी कार्यालयका प्रतिनिधिले दरबारमार्गमा भएको कार्यक्रमको आयोजना काठमाडौँ जिल्ला कमिटीको भएकाले जरिवानाको पत्र पनि त्यहीँ बुझाउन भन्दै दर्ता गर्न अस्वीकार गरेका थिए ।
महानगरले मंसिर ७ गते दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी फोहर गरेको भन्दै एमालेलाई १ लाख जरिवाना गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया