देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पत्रकार पराजुलीसँग नेपाली चलचित्र क्षेत्रको पछिल्लो चर्चा

देशान्तर

काठमाडौं । नेपाली चलचित्र क्षेत्रले पछिल्लो समय उल्लेखनीय सफलता हासिल गरिरहेको छ । पछिल्लो समय ‘पूर्णबहादुरको सारंगी’ जस्तो चलचित्रले घरेलु बजारमा रेकर्ड तोडेको मात्र छैन, ओभरसिजमा पनि नेपाली चलचित्रको प्रभाव बढाएको छ । यस चलचित्रले सामाजिक मुद्दाहरूको संवेदनशील चित्रण, कलाकारहरूको प्रभावशाली अभिनय, संगीतमा मौलिकता र सांस्कृतिक प्रस्तुतीकरण, सकारात्मक समीक्षाहरू, वर्गीय विभेद र सामाजिक अन्यायका विरुद्ध दिने सन्देशलगायतमा नयाँ मानक खडा गरेको छ ।
तर, एकाध रूपमा देख्न पाइने यस्ता सफलताले समग्र नेपाली चलचित्र उद्योगलाई कत्तिको दीर्घकालीन फाइदा पु¥याउँछ भन्ने प्रश्न उठ्न सक्छ । चलचित्र क्षेत्रका विभिन्न पक्षहरूको विकास, दर्शकको रुचि र नयाँ पुस्ताका चलचित्रकर्मीहरूले ल्याएको परिवर्तनबारे अझ गहिरो छलफल गर्न आवश्यक देखिन्छ ।

यसै सन्दर्भमा, चलचित्रको विषयमा पुस्तक नै लेखेका तथा डेढ दशक लामो चलचित्र पत्रकारिताको अनुभव रहेका जीवन पराजुलीसँग नेपाली चलचित्रको अन्तर्राष्ट्रिय र घरेलु बजारका समसामयिक विषयवस्तु, नेपाली चलचित्र क्षेत्रको चुनौती र सम्भावना, तथा दीर्घकालीन विकासका उपायहरूबारे देशान्तरकर्मी लोकराज अधिकारीले गरेको कुराकानी ः

नेपाली चलचित्रको पछिल्लो सफलताहरूलाई कसरी मूल्यांकन गर्नुभएको छ ? विशेषगरी ‘पूर्णबहादुरको सारंगी’ले पाएको सफलतालाई कसरी हेर्नुभएको छ ?
पछिल्ला केही वर्षमा नेपाली चलचित्रहरूले प्राविधिक पक्ष, कथावस्तु र प्रस्तुतीकरणमा ठूलो प्रगति गरेको देखिन्छ । विशेषगरी ‘पूर्णबहादुरको सारंगी’ जस्तो चलचित्रले व्यापारिक रूपमा उल्लेखनीय सफलता हासिल गरेको छ । यसो हुनुमा यो चलचित्रले नेपाली समाजको मौलिक कथावस्तुलाई सशक्त ढंगले प्रस्तुत गर्दै दर्शकलाई भावनात्मक रूपमा जोड्न सकेको कारणले गर्दा हो । नेपालमा मात्र होइन, ओभरसिजमा समेत यो चलचित्रले राम्रो व्यापार गर्न सकेको तथ्यले नेपाली चलचित्रको सम्भावना अझै बलियो भएको संकेत दिन्छ । यसले अन्य निर्माताहरूलाई मौलिक कथा प्रस्तुत गर्न हौसला प्रदान गरेको छ ।

एउटा दुइटा चलचित्र मात्र सफल हुँदा यसलाई उद्योगको समग्र विकासको संकेत मान्न सकिन्छ र ?

यो पनि सत्य हो कि एउटा चलचित्रको सफलता सम्पूर्ण उद्योगको सफलता होइन । यद्यपि, एक–दुइटा चलचित्रको सफलताले दर्शकमा नेपाली चलचित्रप्रति रुचि र विश्वास जागृत गराउन मद्दत गर्छ । ‘पूर्णबहादुरको सारंगी’जस्ता चलचित्रले नेपाली चलचित्रको सम्भावनालाई पुनस्र्थापित गरेको छ र यो उद्योग दीर्घकालीन रूपमा विकासतर्फ उन्मुख भइरहेको आशा गर्न सकिन्छ । यसले दर्शकको रुचि परिवर्तन गर्दैछ, जसले भविष्यमा अझ धेरै सशक्त र मौलिक चलचित्र निर्माणको मार्ग प्रशस्त गर्नेछ । यसले उद्योगमा लगानीको वातावरण पनि निर्माण गर्छ । सफलताको आधारमा मात्र उद्योग दिगो हुँदैन, यसको लागि व्यावसायिक रणनीतिको जरुरत पर्दछ । चलचित्र निर्माण, प्रदर्शन, र प्रवद्र्धनको लागि पनि राज्य स्तरबाट नै रणनीतिमा निरन्तर सुधार अपरिहार्य छ । एक सफल चलचित्रलाई दीर्घकालीन विकासको आधारभूत चरण मान्न सकिन्छ, तर सम्पूर्ण उद्योग उचाइमा पु¥याउन अझ धेरै काम गर्न बाँकी छ ।

पछिल्लो समय नेपालमा रिलिज भएका विदेशी चलचित्रहरूले मैदान छोडेका छन् भने कुनै रिलिज नै हुन सकेनन् । यस्तो अवस्थामा नेपाली चलचित्रहरूको बढ्दो लोकप्रियताको पछाडि के कस्ता कारक तत्वहरू छन् ?

मौलिक कथावस्तु र सांस्कृतिक झल्को, प्राविधिक गुणस्तरमा सुधार, ओटीटी र सामाजिक सञ्जालको प्रयोग, विदेशमा बस्ने नेपालीहरूको भावना आदिजस्ता कारक तत्वहरू नेपाली चलचित्रहरूको बढ्दो लोकप्रियताको पछाडि रहेका छन् भन्न सकिन्छ । पछिल्लो समय नेपाली चलचित्रहरूले नेपाली समाज, संस्कृति, र परम्परालाई झल्काउने कथावस्तु प्रस्तुत गर्दै आएका छन्, जसले गर्दा नेपाली दर्शकले आफ्नो जरा जोडिएको कथा अनुभव गर्ने अवसर पाएका छन् । सिनेमाटोग्राफी, सम्पादन, र संगीतमा नवीनता ल्याउने प्रयासले नेपाली चलचित्रलाई प्रतिस्पर्धात्मक बनाएको छ । चलचित्रहरूको प्रवद्र्धनका लागि ओटीटी प्लेटफर्म र सामाजिक सञ्जालले महत्वपूर्ण भूमिका खेलेका छन् । ओभरसिजमा रहेका नेपाली दर्शकले आफ्नै भाषा, संस्कृति, र पहिचानको झझल्को दिने चलचित्रलाई प्राथमिकता दिन थालेका छन्, यसले ओभरसिज बजारमा नेपाली चलचित्रहरूको माग र व्यापारमा सुधार ल्याएको छ । ओभरसिजका हालका दर्शक नेपाली भाषाका दर्शक मात्र हुन् । यदि नेपाली चलचित्रलाई नेपाली भाषाबाहेकका दर्शकले पनि खोज्न थाले भने हामी सफल हुनेछौँ । घरेलु चलचित्रमा दर्शकको रुचि बढ्दै जाने हो भने नेपालमा पनि विदेशी चलचित्रहरूको उपस्थिति स्वाभाविक कमजोर हुनेछ ।

नेपाली चलचित्र क्षेत्रले प्राविधिक प्रस्तुतीकरणमा गरेको प्रगति कसरी विश्लेषण गर्नुभएको छ ?

नेपाली चलचित्रहरूले सिनेमाटोग्राफी, भिजुअल इफेक्ट्स, ध्वनि सम्पादन र रङ संयोजनमा उल्लेखनीय प्रगति गरेका छन् । यसको पछिल्लो उदाहरण ‘ह्रस्व दीर्घ’ चलचित्र हो, जसमा आधुनिक उपकरण र प्रविधिको प्रयोगले चलचित्रलाई प्राविधिक रूपमा उच्च गुणस्तरको देखिने बनाएको छ । भलै यसमा, विदेशी प्राविधिकहरूले काम गरेका छन्, भलाइ नेपाली चलचित्रको नै भएको छ । यसबाट दर्शकले नेपाली चलचित्रलाई विश्वासको वातावरण सिर्जना गर्दछ । प्राविधिक कुरा चलचित्र मेकिङमा मात्र हुँदैन, यसको वितरण र प्रदर्शनमा पनि हुन्छ । नेपालमा चलचित्र हलहरू अधिकांश अत्याधुनिक भइसकेका छन् । वितरण प्रणाली भने अझै पुरानो ढाँचामा आधारित छ, जसले चलचित्रको सही व्यापारिक मूल्यांकन गर्न सकिँदैन । मल्टिप्लेक्सको सञ्जाल विस्तार र ओटीटी प्लेटफर्महरूको उपयोग सुरु भइसकेको छ तर, यसको व्यापारिक तथ्यांक भने परम्परागत रूपमा नै आउँछ । ‘रियल टाइम बक्स अफिस’ जस्ता प्रविधिहरूको प्रयोग अकाट्य छ ।