काठमाडौं । संसदको सार्बजनिक लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले नेपालको संस्थागत र नितिगत भ्रष्टचार नियन्त्रणगर्न लेखा समिति असफल भएको बताएका छन । सोमवार रुपन्देहीमा आयोजित सात्क्षतकारमा सभापति उपाध्यायले नेपालमा नीतिगत रुपमै हुनेगरेको भ्रष्टाचार नियत्रण सहज नभएको बताए ।
सभापति उपाध्यायले भ्रष्ट कर्मचारी र राजनीतिक नेतृत्वको मिलेमतोमा बजेट निर्माण, योजना छनौट, ठेकेदार छनौट हुँदै बिकास निर्माणमा सम्म पनि खलेआम भ्रष्टाचार हुने गरेको दाबी गरे ।
उनले नलसिङ गाड, एनसेल, राजश्व छुट, आयल निगम जग्गा खरिद प्रकरणमा पनि राजनीतिक नेतृत्वको संलग्नता र संरक्षणमा आर्थिक अनियमितता भएको प्रमाण हुँदा हुँदै पनि लेखा समिति मुक दर्शक भएको बताए । उपध्यायले अब राजनीतिक नेतृत्व नसच्चिए सम्प मुलुकको बिकास सम्भव नहुने र अख्तियार र समितिले अब केहि गर्न नसक्ने अनुभव सुनाए ।
आयोजनाको समयावधि लम्ब्याएर लागत बढाउने र बाडीचुडी खाने प्रबत्ति हाबी भएको बताउदै उनले सार्वजनिक खरिद ऐन र ठेक्का प्रणालीमा समेत परिमार्जन गर्नुपर्ने आवस्यकता औंल्याए ।
उपाध्यायले सानादेखि ठूला बिकास आयोजनाहरुमा कतै न कतै र कुनै न कुनै किसिमले राजनीतिक दलका शीर्ष नेतृत्वको संलग्नता हुने गरेको र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन राजनीतिक नेतृत्व नै सच्चिनुपर्ने पर्ने बताए ।
आर्थिक अनियमितताको बिषयमा सार्वजनिक लेखा समितिले गरेको छानबिनमा कुनै न कुनै किसिमले राजनीतिक नेतृत्वको संलग्नता देखिएको बताउदै उनले शुसासनको मुख्य बाधक राजनीतिक नेतृत्व नै भएको दाबी गरे ।
सभापति उपाध्यायले भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल निर्माण आयोजना र बुटवल बेलहिया ६ लेन व्यापारीक मार्ग आयोजना निर्माणमा भएको ढिलाइबारे जानकारी लिन समिति रुपन्देही आएको बताए ।
प्रतिक्रिया