देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रसाईँलाई थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरण निवेदन, न्यायाधीश शर्माको इजलासमा पेशी

देशान्तर

काठमाडौं । साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा दायर भएकाे बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि आज सुनुवाइ हुँदै छ ।

प्रसाई‌लाई थुनामुक्त गर्न माग गर्दै शुक्रबार उनका छोरा निराजन प्रसाईले सर्वोच्चमा निवेदन दिएका थिए । सो निवेदन सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा पेशी तोकिएको छ ।

प्रसाई‌ले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीबारे गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालबाट ‘फेक डकुमेन्ट’ सार्वजनिक गरेकाे कसुरमा उनलाई प्रहरीले गत मंगलबार भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो । प्रसाईलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको छ ।

प्रसाईविरुद्ध यसअघि पनि साइबर अपराधमा मुद्दा दर्ता भएको थियो । उनी १ लाख धरौटी तिरेर थुनामुक्त भएका थिए । उक्त मुद्दा पनि विचाराधीन छ ।