देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारत भ्रमणबारे प्रधानमन्त्री देउवाले संसदमा बिशेष सम्बोधान गर्दै

देशान्तर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भारत भ्रमणका बियमा संसदलाई जानकारी गराउने भएका छन । देउवाले भरत सरकारसंग भएका बिभिन्न समझ्दारी र सम्झौता पत्रका भएको हस्ताक्षरका बिषयमा संसदलार्य जानकारी गराउने प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षीदल नेकपा एमालेले आफ्नो भारत भ्रमणका बिषयमा बिभिन्न अनावस्यक हल्ला चलाएको भन्दै प्रधानमन्त्री देउवाले भ्रमणको बास्तविकता संसदलाई जानकारी गराउने लागेका हुन । सोमवार बस्ने ब्यावस्थापिका बैठकमा प्रधानमन्त्री देउवाले जानकारी गराउने तयारी भई रहेको प्रधानमनत्रीका प्रेश सहयोगी गोबिन्द परिवारले जनाएका छन ।

देउवा भारतको पाँच दिने राजकीय भ्रमण पूरा गरेर आइतबार राति स्वदेश फिर्ता भएका थिए । विपक्षी नेकपा एमालेले प्रधानमन्त्रीको भारत भ्रमणले मुलुकको शीर निहुराएको भन्दै विरोध गरिरहेका बेला प्रधानमन्त्री देउवाले संसद मार्फत आफ्नो भ्रमणबारे प्रस्टपार्न लागेका हुन ।

प्रधानमन्त्री देउवाले अहिले २ बजे पछि संसद बैठकमा भ्रमणबारे जानकारी दिने कार्यक्रम रहेको छ । उनले भारतसंग भएका सहमति,नेपालको जलस्रोत र बाढी प्रधावित क्षेका बिषयमा भारतसंग भएका कुराकानी संसदमा राख्ने बताईएको छ ।