काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बोलाइएको पदाधिकारी बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण बैठक स्थगित गरिएको हो ।
अब पदाधिकारीको बैठक मंसिर ४ गते बस्ने माओवादी केन्द्रले जनाएको छ । बैठकमा स्थानीय तह उपनिर्वाचन, विधान संशोधन, पालिका सम्मेलन, केन्द्रीय समितिको बैठक लगायतमा छलफल गर्ने एजेन्डा छ ।
प्रतिक्रिया