अन्डर नाइन्टिन नेपाली महिला क्रिकेट टोली पहिलो पटक यू–१९ विश्वकपमा छनोट भएको छ । एसिया छनोटको निर्णायक खेलमा आयोजक यूएईलाई आठ विकेटले पराजित गर्दै महिला टोलीले इतिहास रचेको हो । अवस्था यस्तो थियो कि यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १६.२ ओभरभित्र जित्न सकेमात्र रनरेटमा अगाडि रह“दै विश्वकपमा पुग्न सक्दथ्योे । नेपाली किशोरी टिमले यो लक्ष्यलाई सहजै १४.४ ओभरमा भेट्टायो र विश्वकपका लागि छनोट भयो । नेपाली क्रिकेटको इतिहासमा शानदार प्रदर्शनका साथ महिला टिम विश्वकपमा पुगेको यो पहिलो पटक हो ।
नेपालको सिनियर पुरुष क्रिकेट टिमले एक दशकपछि विश्वकप खेलेको ठीक एक वर्षपछि किशोरी टिमले आफ्नो समूहको विश्वकपको यात्रा तय गरेको हो । पछिल्लो समय नेपालमा बढ्दै गएको क्रिकेट क्रेजलाई किशोरी टिमले थप बढाइदिएको छ र नेपालका कुनै पनि उमेर समूहका महिला वा पुरुष टिम कम छैनन् र विश्वस्तरमा प्रतिस्पर्धाका लागि तयार छन् भन्ने प्रमाणित गरिदिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले यो उमेरसमूहमा महिला विश्वकप सुरु गरेपछिको दोस्रो संस्करणमा नै नेपाली महिला टिम छनोट हुनुले उत्साह र आशा स“गस“गै जगाएको छ । यूएईमा भएको एसिया छनोटमा बलिङ र ब्याटिङ दुवैतर्फ उत्कृष्ट प्रदर्शन गर्नुले पनि अब नेपाली महिला टिम थप बलियो अवस्थातर्फ लम्कि“दै छ भन्ने पनि प्रमाणित गरिदिएको छ ।
खेल कौशल बढाउन प्रतियोगिता, पूर्वाधार र एक्सपोजर चाहिन्छ । नेपाल क्रिकेट संघ (क्यान) ले पछिल्लो समय सिनियरदेखि उमेर समूहसम्मका टिमका लागि क्यालेन्डर नै बनाएर प्रतियोगिता सञ्चालन गर्न खोज्नुको परिणाम पनि यो हो ।
हो, नेपालमा पुरुष होस् वा महिला अनि सिनियर होस् वा उमेर समूहका, एक दिवसीय होस् वा टी–२० सबै फम्र्याटका क्रिकेटमा आकर्षण बढ्दै गएको छ । खेलाडीको लगाव बढ्दै गएको छ । क्रमिक रूपमा लगानी पनि बढ्दै गएको छ । तर, विश्व स्तरमा नियमित रूपमा नेपाली टिमहरूलाई प्रतिस्पर्धात्मक बनाउन र उपाधि जित्नका लागि सक्षम बनाउन जति पहल हुनुपर्ने हो, त्यो हुन सकेको छैन । नेपाली किशोरी महिला टिमले सन् २०२५ मा हुने विश्वकपमा उपाधिका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्नेछ । अहिले टिमले जुन शुभकामना पाएको छ, यसले उनीहरूको मनोबल झनै उच्च भएको छ । यो मनोबललाई थप उच्च बनाउ“दै र प्रतियोगिताको मितिसम्म उनीहरूको कौशल र रणनीतिमा थप निखार ल्याउन सकेमा उपाधि टाढा हुने छैन ।
अन्तर्राष्ट्रिय प्रतियोगिता र उपाधिलाई लक्ष्य बनाइरह“दा के नेपालको पूर्वाधार त्यसका लागि पर्याप्त छ त ? छैन । खेलाडीले नियमित रूपमा अभ्यास गर्नै पाउ“दैनन्, अभ्यास गर्ने ठाउ“को पनि अभाव छ । क्रिकेटका पूर्वाधार पर्याप्त छैन । प्रशिक्षकको कमी छ । अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट सबै उमेरसमूहका खेलाडीलाई अभ्यास गराउन सके उनीहरूको क्षमता अभिवृद्धि हुन सक्छ । खेलाडीको पेसागत वा भनौं व्यावसायिक सुरक्षा छैन । खेलेरै जिन्दगी चलाउन सकिन्छ भन्ने भावनाको विकास त हु“दै गइरहेको छ, तर, यो सबै खेलाडीमा लागू भएको छैन । खेल जीवनयापनको माध्यम हो भनेर पनि विश्वस्त पार्नुपर्नेछ । यसका लागि खेलाडीको सेवासुविधा बढाउनु पर्नेछ । खेलाडीहरूले जब आर्थिक रूपमा आफूलाई सुरक्षित ठान्छन्, तबमात्र उनीहरूको लगाव बढ्छ । प्रोत्साहन र पुरस्कारको व्यवस्था पनि हुनुपर्छ । पुरस्कार घोषणा गर्ने तर, त्यही पुरस्कार पाउन वर्षौं कुर्नुपर्ने र रोइकराइ गर्नुपर्ने अवस्थाको पनि अन्त्य हुनुपर्छ ।
प्रतिक्रिया