काठमाडौँ । नेपाली कांग्रेसले कीर्तिपुर नगर प्रमुखको उम्मेदवार भोलि शनिवार टुङ्गो लगाउने भएको छ । यसका लागि प्रदेश संसदीय बोर्डको बैठक बोलाइएको छ ।
उपनिर्वाचनका लागि नेपाली कांग्रेस कीर्तिपुर नगर समितिले ११ जना आकाङक्षी उम्मेदवारको नाम सिफारिस गरेको थियो । सोही नाम प्रदेशसभा निर्वाचन क्षेत्र‚ क्षेत्रीय समिति‚ जिल्ला समिति हुँदै बागमती प्रदेश कार्यसमितिमा पुगेको हो ।
नगर समितिले पहिलो नम्बरमा सभापति कृष्णमान डंगोललाई सिफारिस गरेको छ । यस्तै दोस्रोमा बद्रीलाल महर्जन, तेस्रोमा हिमाल कार्की र चौथो नम्बरमा जमुना नकर्मीको नाम सिफारिस गरिएको छ । चौथो नम्बरमा सिफारिस जमुना कीर्तिपुरका निधन भएका मेयर राजकुमार नकर्मीकी पत्नी हुन् ।
प्रतिक्रिया