काठमाडौं । नेकपा एकीकृत समाजवादीले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा चुनावी गठबन्धनको बाटो खुल्ला राखेको छ । समाजवादीले सरकारमा भएका कांग्रेस एमालेबाहेक विपक्षी दलहरुसँग सहकार्यको विकल्प खुला राखेको हो । उसले चुनावी गठबन्धनको लागि समाजवादी मोर्चामा भएका दलहरुलाई पहिलो प्राथमितामा राखेको छ ।
उम्मेदवारी दर्ताको मिति नजिकिएसँगै सो पार्टीले निर्वाचनको आन्तरिक तयारी गरेपनि कुन कुन पदमा एकल उम्मेदवार उठाउने र कहाँकहाँ अरू पार्टीसँग सहकार्य गर्ने भन्नेबारे कुनै निर्णय गरिसकेको छैन । उपनिर्वाचन परिचालन कमिटीको शुक्रबार बस्ने बैठकले थप छलफल र निर्णय गर्ने जनाइएको छ । तर पार्टी अध्यक्ष माधव कुमार नेपाल देश बाहिर रहेकाले उनी नफर्केसम्म ठोस निर्णय हुन नसक्ने बताइउको छ । नेपाल आइतबार मात्र नेपाल फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया