देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारले गरिबी र भोकमरीबाट जनतालाई जोगाउँछः प्रधानमन्त्री

देशान्तर


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले परिवर्तनका लागि भएका आन्दोलनको इतिहास बोकेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेससहितका दलले सरकार सञ्चालन गरेकाले यी दलले लोकतन्त्रलाई मर्न नदिने बताएका छन् ।

वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनमा उहाँले लोकतन्त्र, देश र मानव जातिका लागि सर्वोत्तम प्रणाली भएकाले यस प्रणालीप्रति आफूहरु पूर्ण कटिबद्ध भएको स्पष्ट पारे । उनले भने “हामी केही गर्दैछौँ । जनतालाई भोकै मर्न दिँदैनौँ । गरिबीबाट तड्पिन दिँदैनौँ । जनतालाई गरिबी र भोकमरीबाट मुक्त गर्न वर्तमान सरकार बनेको हो ।”