काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाँकि निर्वाचन पनि सम्पन्न गरेर संबिधान कार्यन्वयन गराउन प्रधानमन्त्री देउवालाई सुझाव दिएका छन ।
उनले दुई स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाललाई बधाई समत दिएका छन । मोदीले निर्वाच्न सम्पन्न भएपछि नेपालको लोकतन्त्र थप सुदृढ हुने र बिकासले पनि गति लिने बताए ।
मोदीले सबै पक्षलाई समेटेर संविधान सफलतापूर्वक कार्यान्वयन गर्न नेपाल सफल होस् भन्ने भारतको चाहना रहेको भन्दै नेपाल र भारतबीच पञ्चेश्वर परियोजनाको डीपीआर चाँडै टुंग्याउन सहमति भएको बताए ।
नेपाल र भारत नयाँ अवसरलाई उपयोग गर्दै हुलाकी राजमार्ग, सीमापार विद्युतीय प्रशारण लाइन, एकीकृत सुरक्षा जाँच चौकी, सीमापार रेललगायत कनेक्टिभीटीका परियोजनालाई समयवद्ध रुपमा अघि बढाउने सहमति भएको मोदीले बताए ।
भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको स्वागतमा नेपालीमा भाषणगर्दै मोदीले नेपालमा निर्वाचन सम्पन्न भएपछि प्रजातन्त्र बलियो हुने र बिकासले पनि चाँडै गति लिने दाबी गरेका छन ।
हैदरावाद हाउसमा नेपाल र भारतका प्रधानमन्त्रीले गरेको संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गर्ने क्रममा सुरुमा मोदीले नेपालीमै देउवासहितको टोलीलाई स्वागत गरेका थिए ।
सुरुमा नेपालीमै बोल्दै मोदीले भने, ’निकट छिमेकी नेपालबाट आउनुभएका देउवाजी लगायत तपाईंहरुलाई स्वागत गर्न पाउँदा खुशी लागेको छ ।’
प्रतिक्रिया