काठमाडौं महानगरपालिका-३२, पेप्सीकोलामा चोरी घटना घटेको छ जहाँ एक चिनियाँ नागरिक LUO JIA LIAN को डेरामा घुसपैठ गरी ठूलो रकम चोरी भएको छ। २२ असोज दिउँसो २ बजे तिर LUO JIA LIAN बस्ने डेराको ताला फोडी १९ लाख नगद तथा सीसीटीभी क्यामेराको DVR (हार्डड्राइव) चोरी भएको थियो।
चोरीको घटनाबारे बानेश्वर प्रहरी वृत्तले गरेको अनुसन्धानपछि २४ असोजमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरीमा संलग्न मनिष सापकोटासहित ४ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूको विवरण निम्नानुसार छ:
मनिष सापकोटा, २८ वर्ष, नुवाकोट मेघाङ गाउँपालिका-५, हाल टोखा नगरपालिका-७, धापासी।
धनेष लामा, २७ वर्ष, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-१३, हाल बालाजु हिलेटोल, गुम्बा।
डियुक सापकोटा, २८ वर्ष, नुवाकोट मेघाङ गाउँपालिका-५, हाल बालाजु हिलेटोल, गुम्बा।
श्रीमाया तामाङ, २६ वर्ष, नुवाकोट मेघाङ गाउँपालिका-५, हाल बालाजु हिलेटोल, गुम्बा।
बरामद सामानहरू:
नगद रू १६,४९,७४० (सोह्र लाख उनन्चास हजार सात सय चालिस)
चोरी गरिएको फलामको सेफ (लकर)
चोरीको रकमबाट किनेको नयाँ NS 200 मोटरसाइकल
पक्राउ परेका व्यक्तिहरूले प्रयोग गरेका ६ वटा मोबाइल फोनहरू
उक्त घटनामा पक्राउ परेका व्यक्ति र बरामद सामानहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बानेश्वरमा पठाइएको छ।
प्रतिक्रिया