काठमाडौँ । असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण देशभर सार्वजनिक यातायात क्षेत्रमा करिब रु ७३ करोड बराबरको क्षति भएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार, अविरल वर्षाका कारण कुल रु ७२ करोड ९८ लाख ८० हजार बराबरको क्षति पुगेको छ। महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले दिएको जानकारी अनुसार, पश्चिम नेपाल यातायात बस व्यवसायी प्रालिले रु ११ करोड ८८ लाख ८० हजार, नमस्ते नेपाल यातायात व्यवसायी प्रालिले रु २ करोड ८५ लाख, र गोरखा दरौँदी यातायात सेवा कम्पनीले रु ६० लाख बराबरको क्षति व्यहोरेका छन्।
त्यस्तै, बाग्मती टिपर व्यवसायी सङ्घको रु २७ करोड, नेपाल ट्रक टिपर व्यवसायी सङ्घको रु २० करोड, महाकाली व्यवसायी बहुउद्देश्यीय कम्पनी प्रालिको रु ६ करोड ६५ लाख, र रसुवागढी नाकामा रु ४ करोड बराबरको क्षति भएको छ।
महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार, देशभरका सार्वजनिक यातायात क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गरी बुधबार गृह मन्त्रालय र यातायात व्यवस्था विभागमा बुझाइएको छ।
प्रतिक्रिया