देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रस्तावित प्रधानन्यायाधीश राउतको सुनुवाई हुँदै

देशान्तर

काठमाडौं। सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित न्यायाधीश प्रकाशमानसिंह राउतको सङ्घीय संसद संसदीय सुनुवाइ समितिमा आज संसदीय सुनुवाइ हुने भएको छ।

समितिको पछिल्लो बैठकमा प्रधानन्यायाधीशमा प्रस्तावित राउतविरुद्ध उजुरी दिनेहरुसँग मंगलबार छलफल गरिएको थियो। राउतविरुद्ध ६ वटा उजुरी परेका छन्।

गत भदौ ३१ गते संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा राउतको नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो। समितिको यही असोज ३ गतेको बैठकले प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध उजुरी माग गर्ने निर्णय गरेको थियो। त्यस बैठकमा राउतको कार्ययोजनासमेत अध्ययनका लागि सदस्यहरूलाई उपलब्ध गराइएको थियो।