काठमाडौं । ललितपुर क्वीन्सको तर्फबाट ज्याकुशा थापा एभरेष्ट महिला भलिबल लिगमा छनोट भएकी छन् । ४५ जनाको सहभागिता रहेको जावलाखेल भलिबल तालिम केन्द्रमा भएको ट्यालेन्ट हन्ट कार्यक्रममार्फत थापा ललितपुर क्विन्सको टोलीमा छनोट भएकी हुन् ।
ललितपुर क्विन्सले विदेशी खेलाडी पनि अनुबन्ध गरेको बताइएको छ । विदेशी खेलाडीको विवरण भने केही दिनमा सार्वजनिक गर्ने ललितपुर क्विन्सले जनाएको छ । बाल्यकाल सिंगापुरमा बिताएकी ज्याकुशा हाल जेम्स स्कूलमा कक्षा १२ मा पढ्दैछिन् । उनका बुवा सिंगापुर प्रहरी भएका कारण उनको बाल्यकाल सिंगापुरमा बितेको हो । ज्याकुशाले पहिलो पटक व्यावसायिक भलिबल खेल्न लागेकी हुन् । ठूलो प्रतियोगिताबाट आफ्नो खेल करियर शुरु गर्न पाउँदा आफू निकै उत्साहित भएको ज्याकुशाले प्रतिक्रिया दिएकी छिन् ।
प्रतिक्रिया