देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गायक शर्मा कांग्रेसको संस्कृति विभागको सदस्यमा मनोनीत

देशान्तर


काठमाडौं । नेपाली कांग्रेसको साहित्य,कला तथा संस्कृति विभागको सदस्यमा दाङका लोकदोहोरी गायक चन्द्र शर्मामनोनीत भएका छन् ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालेशर्मासहित १० जनालाई साहित्य,कला तथा संस्कृति विभागका सदस्यमा मनोनित गरेका हुन् । लोक दोहोरी प्रतिष्ठानका पूर्व अध्यक्ष समेत रहेका शर्मा नेपाली लोक गीत संगीतको क्षेत्रमा दुई दशक भन्दा लामो समय देखी सकृय छन् । गायन यात्राको यो दुई दशकमा शर्मा थुप्रै राष्ट्रिय सम्मान तथा अवार्डबाट विभूषितभएका छन् । सभापति देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा १५ (९) अनुसार मनोनित गरेका अन्य सदस्यहरूमा अछामका यज्ञराज उपाध्याय,काठमाडौंका राजेन्द्र खत्री,काभ्रेपलाञ्चोकका रविन्द्र खड्का, चितवनका रमेश कोइराला तनहुँका सरोज भण्डारी, ललितपुरका रिषभदेव घिमिरे, सिरहाका शान्ति सदा, पाँचथरका देशु सुहाङ्ग र दैलेखका गणेश हमाल रहेका छन् ।
विभागका बाँकि सदस्यहरू छिट्टै मनोनीत गरी विभागलाई पूर्णता दिइनेविभागकी प्रमुख पार्टी केन्द्रीय सदस्य विद्यादेवी तिमिल्सिनाले देशान्तरलाई जानकारी दिएकी छन् ।तिमिल्सिनाले विभागले पूर्णता पाएपछि विभागीय गतिबिधीलाई तिब्रता दिईने पनि बताएकी छन्।