काठमाडौँ । नेपालको अग्रणी ब्राण्ड सि.जी. स्मार्ट डोमेस्टिक एप्लायन्स (एस डि ए) ले दशैँ, तिहार र छठ
पर्वलाई लक्षित गदै आफ्नो नयाँ योजना दशैँमा १० अफर ल्याएको छ । यस अफर अन्तर्गत दश
भाग्यशाली ग्राहकहरूले १० /१० ग्रामका १० सुनका सिक्काहरू जित्ने अवसर प्राप्त गर्नेछन् ।
यो अफर सि.जी. का साना घरायसी उपकरणहरूमा मात्र समावेश गरिएको छ । यो योजनामा सहभागी हुनका
लागि ग्राहकले सि.जी. का कुनै पनि साना किचन एप्लायन्स खरिद गरेर विज्ञापन वा सामान किनेको
पसलमा दिइएको क्युआर कोड अनिवार्य रूपमा स्क्यान गरी आफ्नो विवरण भरि समावेश गर्नु पर्छ ।
यो योजना सि.जी.का हिटर, आइरन, मिक्स्चर ,ग्राइन्डर, राइस कुकर,फ्यान, वाटर डिस्पेन्सर, चुल्हो इन्डक्सन,
एयर फ्रायर लगायतका विभिन्न साना घरायसी उत्पादनहरूमा समेटिएको छ ।
आज आइतबार देखि नेपालभर सुरु यो योजना सीमित अबधिकालागि रहेको जनाइएको छ
नेपालकै नं १ र ठुलो ब्राण्ड सि.जीले. प्रत्येक नेपालीहरूको मन जित्न सफल भएको छ । आफ्ना ग्राहकहरूलाई
मध्यनजर गरी सि.जी.ले सि.जी. मेरिडिया नामक, प्रिमियम सिरिज पनि ल्याएको छ । जसमा प्रिमियम
सामानहरू मात्र उपलब्ध हुनेछ ।
प्रतिक्रिया