काठमांडौ । वर्ष हुनु ढिलाई भए पनि इलाममा ९५ प्रतिशत रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । साउनको अन्तिममा पर्याप्त वर्षा भएपछि जिल्लाका अधिकांश खेतमा रोपाइँ भएको हो । समयमा पानी नपरेकाले कृषकको धान रोप्ने खेत बाँझै हुनुकै साथै धानको बेर्ना सुक्न थालेको थियो ।
ढिलो गरेर रोपाइँ भएकाले यस वर्ष धान उत्पादनमा केही कमी आउन सक्ने कृषि कार्यालयका योजना अधिकृत प्रकाशमणि काफ्लेले जानकारी दिएका छन् ।
जिल्लामा १५ हजार ९ सय १५ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । गत वर्ष ४९ हजार १ सय १ टन धान उत्पादन भएको थियो । असार र साउन रोपाइँका लागि उपयुक्त समय मानिए पनि सिँचाइको पर्याप्त सुविधा नहँुदा समस्या हुने गरेको किसानहरू बताउँछन् ।
प्रतिक्रिया