काठमाडौँ । अनामनगर स्थित नेपाल सङ्गीत उद्योग सङ्घको कार्यालयमा नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले छापा मारेको छ । ब्युरो वाट सादा पोसाकमा खटिएका ५ जना प्रहरीले कार्यालयमा छापा मारेका हुन् ।
अस्ट्रेलिया हुने कार्यक्रममा गैर कलाकार लैजाने तयारी गरेको खबर बाहिर आए पछि सङ्घका अध्यक्ष सूर्य बहादुर मगर विवादमा मुछिएका थिए । त्यसको खण्डन गर्दै सङ्घका महासचिव जित बहादुर रावतले समाचारमा सत्यता नभएको भन्दै आरोप प्रमाणित गर्न चुनौती दिएका थिए ।
छापा मार्न आएको प्रहरीले कागजी मुचुल्का उठाएको छ । यस बारे खान तलासी सहित अनुसन्धान अगाडि बढाएको छ ।
प्रतिक्रिया