देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सञ्चारकर्म र गीत लेखनमा चम्किएकी किस्ना

देशान्तर


काठमाडौं । बागलुङकोे बरेङ गाउँपालिका वडा नम्बर १ माजन्मिएर काठमाडौं आई सञ्चारकर्म रगीति लेखनलाई निरन्तरता दिएकी पाइला किस्ना आचार्य रोशनी स्थापपित सञ्चारकर्मी रचर्चित गीतकार हुन् । गीतसंगीत र साहित्यमा बामे सर्न गाउँबाटै सुरु गरेकी उनी हाल सोही क्षेत्रका अतिरिक्त सञ्चार कर्ममा रमाइरहेकी छिन् ।
कक्षा ८÷९ पढ्दा ताका नै गजल र कविता लेख्ने अनि उपयुक्त अवसर पाउनेबित्तिकै वाचन गर्ने गर्थिन् । विद्यालय तथा स्थानीय स्तरमा हुने कार्यक्रममा उनी गायन अथवा गजल वाचनको माध्यमबाट प्रस्तुत हुँदै उपस्थित भिडको मन जित्ने उनी सानैदेखि लोक भाका र प्रत्यक्ष दोहोरी गाउन अब्बल रहेकाले उनका साथीभाइ तथा गुरुहरूको हौसला पाउँदा यही क्षेत्रमा अघिबढ्नुपर्छ भन्ने निष्कर्षमा पुगेर यात्रा थालेकी थिइन् । रुमानी मासिक पत्रिकामार्फत पहिलो गजल पाठकमाझ प्रस्तुत गरेकी उनको‘च्यातिएको मन’ नामक लघुउपन्यास २०६५ असारमा प्रकाशित कृति हो । उनको दोस्रो कृति गजल संग्रह ‘सघर्ष’ को प्रकाशन क्रम (२०६६ चैत्र) मा धौलागिरी र यसको छत्रछायामा हुर्किएका साहित्यिक सर्जक र पाठकमाझ अझै उनको पहिचान विस्तार भयो ।


उनको गीत संगीत क्षेत्रमा लाग्ने सपनाले मूर्तरूप लिएको पनि गाउँमै छँदा हो । २०६८ मा उनको शब्द रचनामा जमुना राना र सुरेश अधिकारीको स्वरमा ‘फूल सम्झ या काँडा’ सार्वजनिक भएदेखि हालसम्म उनका शब्द, लय र स्वर रहेका दुई दर्जन बढी गीत सार्वजनिक भइसकेका छन् । काठमाडौं आएपछि आफ्ना केही गीतमा स्वर भरेर अभिनयसमेत गरेकी रोशनी आफू गायन अभिनयभन्दा सिर्जनामै रमाइन् । यो यात्रा अनवरत अघि बढ्ने क्रममा छ । आचार्यका लोकदोहोरीका अलावा सालैजो, तीज दसैं, मौलिक झ्याउरे भाका, आधुनिक विधाका गीत सार्वजनिक भएका छन् । आँसुको मूल्य, तिम्रो याद, तिम्रो यादमा, जोगी, मायाको घैला, सोल्टिनी नानी, मन परेरै हो कि, निरीमायाको आदि गीत उनका सफल गीतका शीर्ष सूचीमा पर्दछन् ।
रोशनीलेपुरानामा इन्द्रजीसीदेखि वसन्त थापा हुँदै शर्मिला गुरुङ, मुना थापा, देवी घर्ती, पूर्णकला बीसीलगायत सुगम संगीतमा एकताका जमेका मनोजराज, रजिना रिमाल, अस्मिता अधिकारी अनि अहिलेकी व्यस्त शान्तिश्री परियार, गोविन्दमधुर आचार्य आदिसँग सहकार्य गरिसकेकीछन् । केही समय आफ्नै गृह जिल्लामा सञ्चालित एफएम रेडियो अनि पछि लमजुङ जिल्लाको रेडियोमा प्रस्तोताका रूपमा कर्म गरेकी उनले विगत एक दशकयता अनलाइन तथा छापा माध्यममा सक्रिय छिन ।

विभिन्न सञ्चार माध्यममा विभिन्न जिम्मेवारीमा रहेर कार्यसम्पादन गरेकी उनले लाइभ दोहोरीको टेलिभिजन कार्यक्रम पछ्यौरीको उत्पादकको रूपमापनि एक वर्ष बिताइन् । हाल मध्याह्न राष्ट्रिय दैनिकको मनोरञ्जन संयोजकको रूपमा कार्यरत उनी विभिन्न पेसागत तथा सामाजिक संघसंस्थासँग पनि आबद्ध छिन् । गीतकार संघको सदस्य रोशनी गोरखा सांस्कृतिक संघ, धौलागिरी साहित्य प्रतिष्ठान र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी साधारण सदस्यसमेत हुन् ।
उनलेविभिन्न समयमा आयोजना भएका कार्यक्रमहरूमा विभिन्न खालका सम्मानसंगै सर्वोत्कृष्ट गीतकारको अवार्ड पाएकी छन् । सुन्दरादेवी सन्देश म्युजिक अवार्ड, निम अवार्ड, नाट्यश्वर म्युजिक अवार्डमा, इपिक नेपाल म्युजिक अवार्ड, नेसनल पावर म्युजिक अवार्ड, म्युजिक खबर म्युजिक अवार्डमा,छायाछवि तीज नारी गीतकारर पावर इन्टरनेसनल फिल्म फेस्टिभलमा कतै अवार्ड चुमिन त कतै सम्मानित भइन् । दर्शक श्रोताको मायाले दिने उपलब्धि कुनै अवार्ड सम्मान जितेभन्दा ठूलो लाग्ने आचार्यको भनाइ छ ।