देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कान्ताको काटियो, सेवालाई सिफारिस

देशान्तर


काठमाडौं । कांग्रेस एमाले गठबन्धनको सरकारले हालै सिफारिस गरेका राजदूतहरूको संसदीय सुनुवाइ प्रकृया जारी रहेका बेला सिफारिसमा परेका १८राजदूत मध्ये अस्ट्रेलियाका लागि नेपाली कांग्रेसको कोटामा परेकी कान्ता रिजालको नाम अन्तिम समयमा सुनुवाइ समितिमा पठाउनु भन्दा अगाडि काटिएको छ भने परराष्ट्र सचिव सेवा लम्साललाई रिक्त रहेको युरोपियन मुलुक बेल्जियमको राजदूतको लागि गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बैठकले १८ जनाको नाम सिफारिस गरेकोमा संसदीय सुनुवाइका लागि जारी सूचनामा १७जनाको मात्रै नाम गएपछि पूर्वराजदूत रिजालले आफ्नो नाम हटाइनुको कारण पत्ता लगाउन खोजेकी थिइन् ।


देशान्तरलाई प्राप्त समाचार अनुसार रिजाल विरुद्ध प्रधानमन्त्री कार्यालयमै उनको विरुद्ध उजुरी परेपछि नाम सरकारले हटाएको बुझिएको छ । कांग्रेस माओेवादी गठबन्धन सरकारको नियुक्तिमा उनी इजरायलको राजदूत बनेकी थिइन् तर तत्कालीन एमाले माओवादी गठबन्धनको प्रचण्ड नेतृत्वको सरकारले उनलाई फिर्ता बोलाएको थियो । अहिले इजरायलमा नेपाली दूतावासमा डीसीएम कुमार बहादुर श्रेष्ठ कार्यवाहक राजदूतको रूपमा छन् । रिजाल विरुद्ध परेको उजुरीका सम्बन्धमा उनै श्रेष्ठसँग प्रधानमन्त्री कार्यालयले सोधखोज गर्दा रिजालले कानुनले दिएको सुविधा बमोजिम साथैमा लिएर गएका चालक र भान्सेलाई उतै छोडेर आएको कैफियत भेटिएपछि उनको नाम काटिएको स्रोतले बताएको छ ।

इजरायलमा राजदूतले वा अन्य कर्मचारीले सहयोगी वा परिवारको सदस्य लिएर गएपनि फर्कंदा आफ्नै मुलुक ल्याउनुपर्ने कडा कानुन छ । यसैबीच, परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमकालागि नेपाली राजदूतमा सिफारिस भएकी छन् । २०८० मंसिर २९ मा परराष्ट्र मन्त्रालयको सचिव नियुक्त भएकी लम्साल उमेर हदका कारण आगामी मंसिरमाअवकाश हुँदै थिइन् । सरकारले त्यसअघि नै त्यसअघि नै उनलाई राजदूत सिफारिस गरेको हो । लम्साल राजदूतमा सिफारिस भएपछि परराष्ट्र सचिव को बन्दैछन् भन्ने चासो बढेको छ । देशान्तरलाई परराष्ट्र स्रोतले दिएको जानकारी अनुसार हालका प्रवक्ता वरिष्ठ सहसचिव अमृत राईले बढुवा पाउने सम्भावना बलियोे छ तर सह सचिव द्वय कृष्ण ढकाल र निर्मल काफ्ले पनि सचिवका दाबेदार हुन् । यी तीन मध्यबाटै एकजनाले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्ने निश्चित छ ।