देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्यानका गैरजिम्मेवार महानिर्देशक

देशान्तर


काठमाडौं । उच्च राजनीतिक नेतृत्वलाई खुसी पारेर नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानको महानिर्देशक बन्न सफल प्रदीप अधिकारीले नेपाल हवाई उड्डयन क्षेत्र दिनप्रतिदिन असुरक्षित भइरहँदा पनि जिम्मेवारी लिनुको सट्टा बारम्बारका दुर्घटनामा अरूलाई दोष देखाएर आफू जिम्मेवारीबाट पन्छिने प्रपन्च रचिरहेको र प्राधिकरणलाई सेवा प्रदायक र नियामक गरी दुई निकायमा विभाजन गर्नुपर्ने अन्तर्राष्टिय सर्तको पालनामा पनि अड्को थाप्दै आइरहेको पर्यटन मन्त्रालयको उच्च सूत्रले देशान्तरलाई बताएको छ । दुई सातामा दुई वटा हवाई दुर्घटना हुँदा पनि उनी टसमस नहुनुलाई उनको आर्थिक प्रभावमा राजनीतिक नेतृत्व परेका कारण उनले कसैलाई नटेरेको प्राधिकरण कर्मचारी सुत्रको दावी छ । संसदीय समितिमा सांसदहरूलाई ओठे जवाफ फर्काउने अधिकारीको पछाडि ठूलै राजनीतिक नेता रहेको सबैले अड्कल लगाउन थालेका छन् । यही मेसोमा भर्खरै मन्त्री बनेका नेपाली कांग्रेसका बद्री पाण्डेलाई पनि ‘मकै पिस्दा, घुन पनि पिसिएझैं’ दोष लगाउनु राजनीतिक पूर्वाग्रह मात्र हो भन्ने चर्चा छ ।


दुर्घटनाको छानबिन अधिकारीकै मातहतमा हुँदा यसबाट सही प्रतिवेदन आउन नसक्ने भन्दै सांसदहरूले बर्खास्तगीको माग गरेपछि सरकार त्यसमा लागेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले त बताएका छन् तर अधिकारीलाई कारबाही गर्ने विषयमा प्रधानमन्त्री केपी ओली नै सकारात्मक देखिएका छैनन्
सांसदहरूले संसदीय समितिको बैठकमा नै अधिकारीलाई तत्काल हटाउन माग गरिरहँदा पर्यटन मन्त्री पाण्डेले भने ‘कानुनी र प्रक्रियासम्मत बाटोबाट जानको लागि त्यसका अप्ठ्यारा के हुन्, जटिलता के हुन्, हामी खोजी रहेका छौं’,भन्ने जवाफ दिएका थिए ।
साउन ९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने साउन २३ मा एयर डाइनेस्टीको हेलिकोप्टर विमानस्थलबाट उडेको तीन मिनेटमा नै नुवाकोटको शिवपुरी गाउँपालिकामा दुर्घटना हुँदा क्याप्टेनसहित ५ जनाको मृत्यु भएको थियो । अधिकारी क्यानको डीजी भएयता मात्रै नेपालमा यस्ता ७ वटा हवाई दुर्घटना भइसकेका छन् ।


हरेक पटक विमान दुर्घटनाको छानबिन गर्न आयोग बनाउने गरिए पनि आयोगले दिएका सिफारिस कार्यान्वयन नगर्दा दुर्घटना बढिरहेको हो । ती सिफारिस कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी अधिकारीकै हो । तर, अधिकारी भने अरूलाई दोष देखाएर उम्किँदै आएका छन् । सांसदहरूले त विमानको सुरक्षा र दुर्घटनाको मात्रै होइन, क्यानको भूमिकाको छानबिन गर्नसमेत फरकफरक आयोग बनाउन सरकारसँग माग गरिरहेका छन् ।