ठाडो उकालोको बीचमा पुगेपछि
म र मेरी प्रियतमा उभिएर सुस्तायौ
एक अर्कोलाई भर दिएर
पूर्वको घाम मुखमै परिरहेको
हातले घाम छेकेर तल हेर्दा
भर्खरै उक्लिएको ढुंगेलो बाटो
अझ तल तीनतिर भीरको बीचको हवाईपट्टि
त्यो राष्ट्रिय निकुञ्जको
अलि अगाडि सानो जहाजबाट उत्रिएको त्यहाँ
अर्को खेपको चढाई पछि
दाहिने मोडिएको बाटो
अर्को खेपको सुरक्षित सुस्ताइ चौतारीमा बसेर
उत्तरबाट आएको चिसो हावाले
मुखभरि लतपत पसिना सुकाइ दियो
विश्रामपछिको ताजगीले जुरुक्क उठायो
उत्तरतिरको हल्का उकालो त्यसपछिको सिँढी चढ्दाको मनोरम दृश्य
सिँढी सकिने बित्तिकै बाटो मोडिएको पश्चिमतर्फ
हल्का उकालो धेरै ओरालो हुँदै
जंगलको बीचको त्यो बाटो
कहिले नटुंगिने जस्तै हुँदै गइरहेको
हामी दुई सँगसँगै, प्रकृतिलाई हेर्दै बात मार्दै हिँडिरहेको
देखिरहेका छौँ, तर समाहित मुद्रामा देखिरहेको छैनौ पनि
समय गएको पत्तै भएन
बाटाको आडको छाप्रोले ध्यान खिच्यो
मन्दिर रहेछ शिवको, दर्शन ग¥यौ
अझ हल्का ओरालो केही झर्दा
आँखामा मुलायम किरण प¥यो
देखियो सूर्य पश्चिमतिर लाग्न सुरु गरेको
सामुन्ने कल्पनै गर्न नसकिने
ठूलो लाम्चो नीलो आँखाको आकार देख्दा
टोलाएर हेर्यौ, हेरेको हेर्यै भयौ
हतारिँदै गरेको अधैर्य स्पर्श
रारा तालको दैविक जलको महार्चन
मभित्र बाँचेको त्यो दिव्य आनन्द
सधैँ सधैैं बाँचिरहने छ
त्यो कुसुमागमको याममा
यात्रा हामी दुई सुमार्गगामीको
समागम प्रकृतिसँग
समागम आफ्नो मुलुकसँग
यो सुन्दरता कहाँ छ धर्तीमा अरू ?
माटोको सुगन्ध, वनको छाया, तालको अनुहारमा
जंगलको बाटो सल्लाको लहर उज्यालो हिमाल
दायाँ र बायाँ फुलेका गुराँस सुरम्य नेपाल
सम्झे राजा महेन्द्रले लेखेको त्यहाँ बसेर –
‘सुन्दरताको भण्डार सारा
के खनाया यसै रारामा राराकी अप्सरा’
प्रतिक्रिया