देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लुम्बिनीमा आचार्यलाई मुख्यमन्त्री बनाउन दाबि पेश

देशान्तर

काठमाडौं । लुम्बिनी प्रदेशमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई नयाँ मुख्यमन्त्री बनाउन दाबी पेश गरिएको छ ।

कांग्रेस र एमालेको समर्थनमा आचार्यलाई मुख्यमन्त्री बनाउन सोमबार अपराहन्न दाबि पेश गरिएको हो ।

यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तयारी भएपनि एमाले केन्द्रिय नेतृत्वको हस्तक्षेपपछि आचार्यलाई मुख्यमन्त्रीको रुपमा अगाडी सारिएको हो ।

लुम्बिनीमा कांग्रेस र एमाले मिल्दा स्पष्ट बहुमतमा रहेका छन् । ८७ सदस्यीय लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद गरी कुल ५६ सांसद रहेका छन् । प्रदेशमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्दछ ।