काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले पहिलेको भन्दा मौषम सामान्य बन्दै गएको जनाएको छ । महाशाखाका अनुसार पुर्बी भेगमा मौसम सफा हुँदै गएपनि देशको पश्चिमि क्षेत्रमा भने हल्का बर्षाहुँने जनाएको छ ।
तत्काल बर्षको सम्भावना टर्दै गएपछि थप बाढी र पहिरोको खतरा पनि टर्दै गएको छ । गएराति नेपालको मौसमी अवस्था बिस्तारै दक्षिणतिर सर्दै गएकाले भारतको बिहार र उत्तरप्रदेशमा पानीको बढी प्रभाव पर्ने महाशाखाको भनाई छ । मौसममा पुर्णरुपले सुधार आई नसकेकाले पूर्वी र मध्यभागका केही स्थानमा हल्का वर्षा भने हुन सक्ने जनाईएको छ ।
मनसुनको समय अझै डेढ महिना बाँकी भएकाले केही समयपछि फेरी मनसुन सक्रिय हुनसक्ने मौसमविद्हरुको विश्लेषण छ ।
प्रतिक्रिया