देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रास्वपामा लोकतन्त्र छैन-मुकुलको मुखमा चुकुल

देशान्तर

काठमाडौं । बोलीले पारदर्शिता, जवाफदेहिता र स्वतन्त्रताको बारेमा चर्का कुरा गर्ने राष्ट्रिय स्वतन्त्रपार्टीको मुख्य नेतृत्व व्यवहारले भने तानाशाह, अधिनायकवादीर व्यक्तिवादी हुँदा आन्तरिक लोकतन्त्र भने मृत रहेको उक्त पार्टीको हालै सम्पन्न केन्द्रीय समितिको बैठकको दृश्य र निर्णयले पुष्टि गरेको छ ।
गत बुधबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकमा पार्टीका संस्थापकमध्ये एक मुख्य पदाधिकारी महामन्त्री मुकुल ढकाल बैठक अवधिभर मुखमा कालोटेप बाँधेर सांकेतिक विरोध गरिरहे भने पार्टी सभापति रवि लामिछानेसहित अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूले उनको माग सम्बोधन गर्नुको साटो उल्टै कारबाही गर्नेबारे छलफल चलाइरहे अन्ततः उनलाई स्पष्टीकरणको मौका पनि नदिई राति अबेर निलम्बन गर्ने निर्णय गरेर बैठक सके ।ढकालको प्रतिवेदनमाथि छलफल हुने गरी बोलाइएको केन्द्रीय समिति बैठकमा महामन्त्रीका रूपमा ढकाललाई प्रस्ताव नै पेस गर्न दिइएन । उक्त प्रतिवेदन सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गरेका थिए ।


ढकालले आफूले ३८ जिल्ला पुगेर पार्टीको अवस्था बारे तयार पारेको प्रतिवेदनबारे केन्द्रीय समितिमा छलफल गर्नुपर्ने जस्ताको तस्तै सार्वजनिक गर्नुपर्ने र केन्द्रीय समिति बैठक लाइभ गर्नुपर्ने माग राखेका थिए । तर महामन्त्री ढकालको प्रतिवेदनरविका लागि र रास्वपा पार्टीका लागि पनि प्रिय थिएन समीक्षा निर्मम थियो त्यसकारण ढकालको माग सुनुवाइ गर्न रास्वपाले चाहेन ।बरु उनलाई सात दिनका लागि महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट निलम्बनको निर्णय ग¥यो । निलम्बित महामन्त्री डा. ढकालले आफूलाई स्पष्टीकरणको मौका नदिई निलम्बन गरिएको बताएका छन् ।ढकालले विधि पद्धति र लोकतान्त्रिक मूल्य मान्यताअनुसार आफूलाई गरिएको निलम्बनको प्रक्रिया नमिलेको बताउँदै स्पष्टीकरणको जवाफ नै नपढी कारबाही गरिनु दुराशयपूर्ण रहेको बताएका छन् ।


उनले पार्टीको निर्णय अलोकतान्त्रिक भनेका छन् । राजनीतिक दलसम्बन्धीको ऐनले स्पष्टीकरणको मौका नदिई कारबाही गर्न दिँदैन । तर राज्यको प्रचलित कानुनविपरीत मलाई निलम्बन गरियो । उपसभापतिलाई निलम्बन गर्ने अधिकार नभएको र त्यस्तो अधिकार सभापतिबाट प्रत्यायोजन हुनुपर्नेमा, त्यस्तो अधिकार प्रत्यायोजनका पत्र पनि सभापतिबाट प्राप्त भएको छैन । तथापि, राजनीतिक विषयमा यसरी विधि पद्धति धेरै केलाउनको साटो, राजनीतिक कारबाही अनुरूप लिएको छु। विधि पद्धति र लोकतान्त्रिक मूल्य मान्यताअनुसार मलाई गरिएको निलम्बनको प्रक्रिया मिलेको छैन । स्पष्टीकरणको जवाफ नै नपढी कारबाही गरिनु दुराशयपूर्ण छ, अलोकतान्त्रिक छ ।


दुई वर्षअघि मात्रै स्थापना भएको रास्वपामा देखिएको योगम्भीर विवाद हो । सभापति रविआफंैले देशभर डुलेर प्रतिवेदन लेख्न महामन्त्री एवं प्रवक्ता ढकाललाई जिम्मा दिएका थिए । ढकालले तयार पारेकोप्रतिवेदनमा पार्टी निरन्तर ओरालो लागेको र विवेकशील पार्टी बन्ने दिशामा पुगेको उल्लेख गरेपछि रास्वपा तिलमिलाएको हो । रवि र मुकुलको सम्बन्धभने सहकारी ठगीमा रविको नाम मुछिसकेपछि चिसिएको हो ।सहकारी प्रकरणमा रवि मुछिँदा पार्टीका अन्य पदाधिकारीहरू ढाल बनेपनि मुकुललेभने सहकारी ठगीमा रविको विरोध नै नगरे पनि कहीँ कतै समर्थन गरेका थिएनन् । मुकुलले बुधबारको बैठकमा छोडेर बीचैमा निस्कनुमा भने नवआगन्तुक नेता उपसभापति स्वर्णिम वाग्ले पार्टी सभापति र महामन्त्रीबीच बढेको दूरीमा खेल्न खोजेको कारण रहेको बताइन्छ ।

रास्वपा निर्माणका क्रममा बनेको रविको कोर टिम भत्काउन आगन्तुक नेताहरू लागेको ढकाल पक्षधरको भनाइ छ ।रास्वपाले ढकाललाई सात दिनका लागि अनुशासनको कारबाही गरेपछि कार्यवाहक महामन्त्री र प्रवक्तामा कविन्द्र बुर्लाकोटी र मनिष झालाई पदभार तोकेको छ भने वेभसाइटबाट ढकालको नाम हटाएको छ । ढकालको प्रतिवेदनमा माओवादी केन्द्र र नेकपा एमालेको साथमा सत्ताका लागि सम्झौता गर्नुभन्दा बालेन साह तथा गोपी हमालजस्ता पात्रहरूसँग सहकार्य गर्दा हितहुने पनि निष्कर्ष निकालिएको छ । ढकालले पार्टी गम्भीर बिरामी भएको भन्दै सर्जरी गर्नुपर्ने निष्कर्ष निकाल्दै साथै तत्काल सर्जरी नगरे २०८४ को चुनावमा राष्ट्रिय पार्टी बन्न पनि कठिन रहेको निष्कर्षसहितको प्रतिवेदन सभापति र लामिछानेलाई बुझाएका थिए ।