काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सभापति शेरबहादुर देउवाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भेटका लागि बोलाएको र सकारात्मक कुराकानी भएको ब्रिफिङ गरेका छन् ।
देउवा निवास बूढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा देउवाले ओलीले चिया खान बोलाएको र सौहार्दपूर्ण कुराकानी भएको बताएको प्रचारविभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिएका छन् । उनले शीर्ष नेताहरूबीच छलफल हुँदा सरकार परिवर्तनको विषयमा चर्चा हुनु स्वाभाविक भएको बताए । उनले सरकार परिवर्तनको बिषयमा छलफल नभएको जिकिर गरे ।
प्रतिक्रिया