काठमाडौँ । तारा एयरले आफ्नो जहाज सम्पर्कविहीन भएको भन्ने निराधार हल्ला चलाइएको बताएको छ ।
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भन्ने समाचार मिडिया र सामाजिक सञ्जालमा फैलिएपछि तारा एयरले एक विज्ञप्ति जारी गर्दै कुनै जहाज नहराएको स्पष्ट गरेको छ ।
तारा एयरले कुनै पनि जहाज नउडेको र नहराएको जानकारी दिँदै उनले कम्पनीबारे फैलाइएको अफवाहप्रति सचेत हुन र भ्रमपूर्ण समाचारको पछि नलाग्न आग्रह गरेको छ ।
![](https://deshantarnews.com/wp-content/uploads/2024/07/newskarkahna-news722010-615x768.png)
प्रतिक्रिया