देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रोयल्टीको मापदण्ड पुनरावलोकन गर्न मोफसलका केवल टेलिभिजन सञ्चालकको माग


काठमाडौँ । गीत सङ्गीतको सार्वजनिक प्रयोगबापत अन्य क्षेत्रले जस्तै रेडियो र टेलिभिजनमा सञ्चालकले सर्जकलाई अनिवार्य रोयल्टी तिर्नु पर्छ । यो कानुन कार्यान्वयनका लागि सञ्चार मन्त्रालयले सञ्चारमाध्यम नवीकरण गर्दा रोयल्टी तिरेको निस्सा अनिवार्य पेस गर्नु पर्ने कानुनी व्यवस्था गरेको छ । उक्त निस्सा सङ्गीत रोयल्टी सङ्कलन समाज नेपालले रोयल्टी बुझाए पछि दिने गर्छ । सञ्चारमाध्यमहरूले अव नवीकरणको तयारी गरिरहेका छन् ।  

यसैबिच नेपाल प्रेस युनियन दाङका पूर्व अध्यक्ष समेत रहेका सञ्चारकर्मी सन्तोष सुवेदीले आइतबार रोयल्टी सङ्कलन समाजका पूर्व कोषाध्यक्ष र सहकर्मीको हैसियतले फोनबाट जिज्ञासा राखे केवल टेलिभिजन सञ्चालकहरूले वार्षिक कति तिर्नु पर्छ रोयल्टी भनेर । मैले १४ औ साधारण सभाले पारित गरेको मापदण्ड मलाई ठ्याक्कै याद नभएकोले बुझेर जवाफ दिने भनेर फोन राखे । लगत्तै समाजका महासचिव बि पाण्डेलाई म्यासेज गरेर सोधेँ उनले जवाफ दिए वार्षिक ५ लाख । मैले सोही जानकारी सुबेदीलाई फरवार्ड गरे । 

आज सोमवार बिहानै सामुदायिक रेडियो प्रसारक सङ्घका केन्द्रीय सदस्य  समेत रहेका टेलिभिजनकर्मी रोशनमान श्रेष्ठले टेलिफोन सम्पर्क गरे र सोही विषयमा जिज्ञासा राखे । हाल उनी दाङबाट सञ्चालित केवल टेलिभिजन सप्तरङ्गी एच डिका प्रबन्ध निर्देशक रहेछन् । मैले सुबेदीलाई दिएकै जानकारी उनलाई दिए पछि उनले यसरी त मोफसलमा टेलिभिजन चलाउन सकिँदैन कि बन्द गर्नु पर्‍यो कि गीत बजाउनु भएन बजाए पनि स्थानीय सम्बन्धित स्रष्टासङ रोयल्टी चाहिँदैन भनेर त्रिपक्षीय कागज गराएर बजाउनु पर्ने भो भनेर भुटभुटिन थाले । मैले साधारण सभाले पारित गरेको अरू मापदण्ड सँगै टेलिभिजनहरूको मापदण्ड बारे  बत्ताउँदा उनले समस्या र दुखेसो पोख्दै भने पारदर्शीरुपमा गरिएको लेखापरिक्षणले हाम्रो टेलिभिजनले वार्षिक करिब ८ लाख हाराहारीको कारोबार गर्दो रहेछ ।

घर भाडा, बिजुली बत्ती, कर्मचारी तलब, उपकरण प्रयोग गाडीको इन्धन, टेलिभिजन नवीकरण गर्दा झन्डै ५ लाख माथि देखिने खर्च आउँदो रहेछ । नदेखिने स नसा खर्च पनि हुन्छन् कार्यालयमा अव रोयल्टी सङ्कलन समाजलाई हामीले ५ लाख तिर्न रिण लिनु पर्ने भएपछि कसरी चलाउने भनेर प्रश्न राखे । राजधानी र मोफसलका केवल टेलिभिजनलाई एउटै आँखाले हेर्न नहुने भन्दै उनले रोयल्टीको मापदण्ड पुनरावलोकन गर्न माग गरेका छन् । यस विषयमा केवल टेलिभिजन सञ्चालकहरूको संस्थामा पनि छलफल भइरहेको उनले बताएका छन् ।  श्रेष्ठले सरकारले केवल टेलिभिजनहरू सँग प्रतिशतमा रोयल्टी लिने गरेको बताउँदै रोयल्टी सङ्कलन समाजलाई पनि त्यही मोडलमा जान सुझाव दिए । उनले वार्षिक कारोबार को कति प्रतिशत लिँदा उचित हुन्छ त्यो मोडलमा गए केवल टेलिभिजन पनि सञ्चालन हुने र स्रष्टाको रोयल्टी सङ्कलन पनि सहज हुने सुझाव समाजलाई दिएका छन् । यसबारे  सङ्गीत रोयल्टी सङ्कलन समाज नेपालका अध्यक्ष सङ्गीतकार सुरेश अधिकारी सँगै प्रतिक्रिया माग्दा उनले  मोफसलका केवल टेलिभिजन सञ्चालकहरूको यो सुझाव जायज रहेको बताए । उनले कुन मोडालिटीमा सहमति हुन सकिन्छ छलफल गरेर निर्क्योल निकाल्न समाज तयार रहेको देशान्तरलाई बताएका छन् । उनले सञ्चारमाध्यम र सर्जककाबीच एक अर्काको अस्तित्व स्वीकार गर्दै दुवैको अधिकार रक्षा सँगै  सधैँ सुमधुर सम्बन्ध हुनुपर्ने बताए ।